Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

एजेन्सी, १३ चैत्र । अल्जेरियाका सेनाध्यक्षले राष्ट्रपति अब्देलअजीजको विरुद्धमा कैयौं हप्तादेखि विरोध प्रदर्शन भइरहेको हुँदा राष्ट्रपति अजीजलाई शासन गर्न अयोग्य घोषणा गर्नुपर्ने माग गरेका छन् ।

टेलिभिजनको सम्बोधनमा लेफ्टिनेन्ट जनरल अहमद जी सालेहले भने, ‘यो संकटबाट बाहिर आउनको लागि तत्काल कुनै मार्ग खोज्नुपर्छ, जुन संविधानको दायरामा छ ।’ उनले स्थायी राजनीतिक परिस्थितिको एकमात्र ग्यारेण्टी संविधान नै भएको बताएका छन् ।

उनले संविधानको धारा १०२ तिर पनि इंगित गरेका छन् जस अनुसार राष्ट्रपति शासन गर्न सक्षम नरहेको अवस्थामा संवैधानिक परिषद्ले राष्ट्रपतिको पद खाली भएको घोषणा गर्नसक्छ ।

संविधानको अनुसार, यदि यस्तो भएको अवस्थामा सिनेट प्रमुखलाई चुनाव नभएसम्मका लागि कार्यवाहक राष्ट्रपति बनाइनेछ ।

अल्जेरियाका अधिकतम जनताहरुले पनि ८२ वर्षीय राष्ट्रपति शासन गर्न अयोग्य भएको बताउँदै आएका छन् । ‘जसलाई ६ वर्ष पहिले स्ट्रोक (हृृदयाघात) भएको थियो र मुश्किलले हिँडडुल गरिरहेका छन्, उनले कसरी देशलाई चलाउन सक्छन्,’ उनीहरु भन्छन् ।

राष्ट्रपतिको विरोधमा पछिल्लो महिनादेखि विरोधको कदम चालिएको हो, जुन अहिलेसम्म जारी नै छ ।

 

तपाईको प्रतिक्रिया