Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, १३ चैत्र । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न इच्छुक स्वास्थ्य संस्थालाई सूचिकृत हुन् श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आह्वान गरेको छ।

मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै नेपाल सरकारबाट स्वीकृति प्राप्त स्वास्थ्य संस्थालाई निवेदन दिन आग्रह गरेको छ।

मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरेले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न इच्छुक सबै संस्था सूचिकृत होउन भनेर सूचना जारी गरिएको बताए।

“वैदेशिक रोजगार नियमावली (चौथो संशोधन) २०६४ को नियम ४५ ‘क’ तथा वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२ को दफा ३ बमोजिम मन्त्रालयमा सूचीकरण हुन चाहने स्वास्थ्य संस्थाहरुलाई १० दिन भित्र तोकिएको कागजातसहित निवेदन दिन सूचना जारी गरिएको छ” मन्त्रालयले प्रकाशन गरेको सूचनामा भनिएको छ।

तपाईको प्रतिक्रिया