विराटनगर, १३ चैत । जोगबनी-फारबिसगंज मुख्य सडक खण्डमा ईन्धन बाेकेकाे नेपाली ट्याङ्कर दुर्घटनामा परेकाे छ । जेनिथ पब्लिक स्कूलको सामुने नेपाली नम्बरको ट्याङ्गकर खाल्डोमा दुर्घटनामा परेकाे हाे ।
भारतबाट तेल लिएर नेपाल तर्फ आउँदै गरेको को १ ख ५९३७ नम्बरको ट्याङ्कर दुर्घटनामा परेकाे भारतीय प्रहरीले जनाएकाे छ । दुर्घटनामा परेकाे ट्याङ्क विराटनगर निवासी महेश अग्रवालको रहेको खुल्न आएको छ । ट्याङ्कर चालक सुलेमानले पानीले बाटो भिजेकोले साइड गर्न खोज्दा अनियन्त्रित भएर पल्टिएकाे हाे ।
ट्याङ्कर पल्टेको खबर स्थानीयहरुले जोगबनी प्रहरीलाई गराउने बित्तिकै प्रहरीहरु घटना स्थलमा पुगेकाे थियाे । प्रहरी त्यहाँ पुग्दा त्यहाँका केही व्यक्तिहरु तेल लुटेर भाग्ने याेजनामा थिए । तर प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाएर