Online Bichar
बिहिबार, जेठ १८, २०८० | Thursday, June 1, 2023

गोरखा, १२ चैत्र । गोरखाको गण्डकी गाउँपालिका ६ को भद्रकाली माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सहभागी भएका वनटार निवासी १७ वर्षीय कमलबहादुर चेपाङ सोमबार दिउँसो त्रिशूली नदीमा डुबेर बेपत्ता भएका छन् ।

उनको परीक्षाकेन्द्र गण्डकी गाउँपालिका ७ घ्याल्चोकको ज्ञानमार्ग मावि हो। विद्यालय नजिकै डेरा गरेर बसेका चेपाङ परीक्षा केन्द्रबाट सोमबारको अनिवार्य नेपाली विषयमा परीक्षा सकेपछि किनमेलका लागि भन्दै साथीसँग धादिङको चरौंदी बजार हिँडेका साथीलाई उद्धृत गर्दै स्थानीय दीपक तिमिल्सिनाले जानकारी दिए।

दिउँसो पौडी खेल्न नदीमा पसेका उनी दिउँसो साढे १ बजेतिर बेनिघाट रोराङ ७ स्थित त्रिशुली नदी किनारबाट बेपत्ता भएका स्थानीय शिक्षिका भक्ति चेपाङले जानकारी दिइन्। प्रहरी, स्थानीय बासिन्दा र आफन्तले साँझसम्म खोजतलास गर्दा पनि बेपत्ता चेपाङलाई पत्ता लगाउन नसकिएको उनले बताइन्।
अन्नपूर्णपोस्टबाट साभार

तपाईको प्रतिक्रिया