Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

महोत्तरी, १२ चैत्र । महोत्तरीमा एक वडाध्यक्ष ६ दिनदेखि फरार रहेका छन् । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–३ नवराजपुरमा बाटोको बिषय लिएर भएको बिबादले उग्र रुप लिएपछि सोहि वडाका वडाध्यक्ष बिरेन्द्र चौधरीसहित चार जना फरार भएका हुन् ।

गत साल चैत्र १४ गते गौशाला नगरपालिका वडा नं–३ नवराजपुरमा बाटोको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो । गाउँमा बाटोको विषयमा सहमति नभएपछि स्थानिय भगवान महतोले पुनरावेदन अदालत जनकपुरबाट प्रमाआदेश गराई गत मंगलवार वडाध्यक्ष चौधरीसहित चारजनामाथि ईलाका प्रहरी कार्यालय गौशालामा सार्वजनिक अपराध मुद्धा दर्ता गराएका छन् ।

पीडितले मुद्धा दर्ता गराएको जानकारी पाए लगत्तै मुद्धामा प्रतिवादी भनिएका वडाध्यक्ष चौधरी, स्थानिय शिवधरी महतो, राजेश्वर महतो र कैलाश महतो फरार भएका छन् । यता, सोही मुद्धामा फरार रहेका मध्ये शनिवार एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेेमा नवराजपुरका स्थानिय राजेश्वर महतो रहेका छन् ।

पक्राउ परेका महतोलाई जिल्ला अदालत जलेश्वरबाट म्याद थप गरी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक किशोर आचार्यले जानकारी दिनुभयो । सोही मुद्धामा फरार रहेका वडाध्यक्ष चौधरी, स्थानिय शिवधरी महतो र कैलाश महतोको खोजी कार्य भईरहेको प्रहरी निरिक्षक आचार्यले बताउनुभयो ।

तपाईको प्रतिक्रिया