Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौँ, १२ चैत्र । कर्णाली प्रदेश सरकारका मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अटेर गरेका छन् । कर्णाली–रारा पर्यटन वर्षको उद्घाटन खर्चमा अनियमितता भएको भन्दै अख्यितयारको प्रदेश सरकार र मन्त्रालयलाई खर्चको विवरण बुझाउन पत्र काटेको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा ललितबहादुर बुढाले लेखेका छन् ।

तर, अख्तियारले दिएको समयसीमा घर्कदासम्म मन्त्रालयले खर्च विवरण बुझाएका छैनन् ।

प्रदेश सरकारले वैशाख १ गते मुगुको रारामा पर्यटन वर्ष उद्घाटन गरेको थियो । उद्घाटन खर्चमा अनियमितता भएको भन्दै प्रदेशसभा र संसदीय समितिमा प्रश्न उठेपछि अख्तियारको सुर्खेतस्थित कार्यालयले अनुसन्धान थालेको थियो ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया