Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

गौरादह, ११ चैत्र । गौरादह ७ को ग्वालडुब्बामा रहेको साना किसान कृषि सहकारी संस्थाले किसानहरुको दुध संकलन गर्न शुरु गरेको छ ।

दुध उत्पादन गर्ने किसानहरुलाई थप हौसला प्रदान गर्ने उद्देश्यले दुध डेरी सन्चालनमा ल्याएको छ । सोमबार बिहान एक कार्यक्रमका बीच गौरादह नगरपालिका का उपमेयर गिता भेटवालले दुध संकलन चिस्यान केन्द्र चिलिमे भ्याटको उदघाटन गरिन् ।

यस क्षेत्रमा पशुपालक किसानहरु बाट दैनिक ५सय लिटर दुध संकलन गर्न सकिने लक्ष्य राखी १ हजार लिटर क्षमताको चिलिमे भ्याट राखिएको संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति नवराज लुइटेलले जानकारी गराए । संकलित दुधलाई जिवन विकास दुध डेरी बिराटनगर पठाइने जानकारी गराए ।

संस्थाले यस अघि निक्षेप संकलन, कर्जा लगानी, किसानहरुलाई सहुलीयत दरमा ऋण लगानी, रासायनिक मल बिक्रि वितरण गर्दै आएकोमा किसानहरुको माग बमोजिम संस्थाले दुध खरिद गर्न थालेको अध्यक्ष लुइटेलले जानकारी गराए । उद्घाटनको दिन ६० लिटर दुध संकलन भएको संस्थाका कर्मचारी त्रिलोचन चुडालले बताए ।

सयपत्री नेपाल इन्टरनेशनल का प्रबन्धक उद्वव गौतमले किसानहरुलाई गुणस्तरीय दुध उत्पादन गर्ने तरिका जानकारी गराए । दुध उत्पादन गरेपनि बिक्रि गर्ने ठाउँ नहुँदा निरास भएका किसानहरुलाई राहत भएको दुध बिक्रि गर्न आउने किसान पवित्रा थापाले बताइन् ।

कार्यक्रमकी प्रमुख अतिथि उपमेयर गीता भेटवालले सहकारी संस्थाले नाम अनुसारको काम गर्नुपर्ने धारणा राखीन् । संस्थाले किसानहरुको आर्थिक उपार्जनमा सहयोग पुग्ने काम गर्नुपर्ने बताइन् । त्यसअवसरमा वडा नंं. ७ र ८ का वडाध्यक्षहरु बलराम खरेल र भुमिराज पोखरेलले शुभकामना मन्तव्य राखेका थिए । उपाध्यक्ष सुर्य प्रसाद दाहालले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रबन्धक मैया दाहालले कार्यक्रम सन्चालन गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया