Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

धनुषामा, ११ चैत्र ।  कुटपिट गर्ने पक्राउ परेका छन। कुटपिटमा सम्लग्न धनुषाको सहिदनगर नगरपालिका ३ वस्ने रामदेव महतोलाई आईतवार राति ईलाका प्रहरी कार्यालय यदुकुहा, धनुषाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

सोही स्थान वस्ने भनराज महतोको बुवाको तेह्रौ पुण्य तिथिको अवसरमा भोज खाने क्रममा मादक पदार्थ सेवन गरी आएका महतोले सोही स्थानका ३२ वर्षीय प्रमोद ठाकुर लाई भोजको विषयलाई लिएर कुटपिट गरी गम्भिर घाईते बनाएका थिए ।

महतोको कुटपिटबाट गम्भिर घाईते भएका ठाकुरलाई स्थानिय मेडिकलमा प्रारम्भिक उपचार पश्चात थप उपचारको लागि विराटनगर न्युरो अस्पताल, विराटनगर तर्फ पठाईएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरी रहेको छ ।

त्यसै गरी धनुषामै भन्सार छलिका सामान बरामद भएको छ । धनुषाको नगराईन नगरपालिका वडा नं. ६ स्थित लग्मा पछवारी टोलबाट करिव १ लाख मुल्य बरावरको भन्सार छलिका रेडीमेड उनीको स्वीटर तथा सर्टको थान कपडा आईतवार साँझ प्रहरीले बरामद गरेको छ ।
उक्त स्थानमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा ज.१० प.५४०९ नम्वरको मोटरसाईकलमा भन्सार छलि गरी भारतबाट नेपाल तर्फ ल्याएको उक्त परिमाणको कपडाहरू र मोटरसाईकल सहित फेला पारी सिमा प्रहरी चौकी लग्मा जटही, धनुषाबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।
कपडा लिई आउने मानिसहरू प्रहरी टोलीलाई टाढैबाट देखी मोटरसाईकल र उक्त परिमाणको सामानहरु बाटैमा छाडी भागी गएको हुँदा यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया