Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौँ, ११ चैत्र । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराई मधेसलाई पानी चाहिए पनि वर्तमान प्रधानमन्त्रीले पानी जहाजमा मात्र जोड दिएर मधेसी जनताको उपहास गरेको आरोप लगाएका छन् । यो समाचार आजको नागरिक दैनिकमा टंक क्षेत्रीले लेखेका छन् ।

नेपाली कांग्रेस सर्लाहीले आइतबार मलंगवामा आयोजित गरेको आमसभामा बोल्दै नेता पौडेलले भने त्यस्तो आरोप लगाएका हुन् । ‘मधेसका जनतालाई खान र सिँचाइका लागि पानी चाहिएको छ,’ नेता पौडेलले व्यंग्य गरे, ‘तर वर्तमान प्रधानमन्त्री केपी ओलीलाई मात्र पानी जहाज चाहिएको छ ।’

मधेसको उर्वर भूमिका लागि सिंचाईको व्यवस्था गर्न सुनकोशी डाईभर्सनलगायत कामलाई तिब्र गतिमा अगाडी बढाउनुको सट्टा प्रधानमन्त्री केपी ओली पानी जहाजमै रुमल्लिएको देख्दा आफू आश्चर्यचकित बनेको पौडेलले बताए । यो समाचार टंक क्षेत्रीले नागरिकमा लेखेका छन् ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया