Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

विराटनगर, १० चैत । विराटनगरकाे पुष्पलाल चौकमा रहेको पुर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा विद्यार्थी संगठनहरुले संयुक्त रुपमा तालाबन्दी गरेका छन् । पुर्वाञ्चल बिश्वबिद्यालय सेवा आयाेगले एक पक्षिय रुपमा विभिन्न पदपुर्ती गर्नका लागि आजदेखि परीक्षाकाे कार्यतालिका सार्बजनिक गरेकाे छ । आइतबार हुने परीक्षाको बिरोध गर्दै विभिन्न विद्यार्थी संगठन हरुले पुर्वाञ्चल बिश्वबिद्यालयमा ताला बन्दी गरेको हुन् ।

सर्वोच्च अदालत तथा प्रधानमन्त्री एवं पुर्वाञ्चल विश्वविद्यालयका कुलपति समेत रहेका केपी शर्मा ओलीको लिखित निर्देशनमा सहकुलपतिसमेत रहेका शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले विश्वविद्यालयमा भएका अनियमितता र पुर्वाञ्चल विश्वविद्यालय सेवा आयोगबाट भएको विज्ञापन तथा परीक्षा सम्बन्धी विषयमा छानबिन समिति गठन गरिएको थियो । सो छानबिन टुंगो नलागेसम्म सेवा आयोगबाट भएको विज्ञापन अनुसारका सम्पूर्ण कामहरू हाललाई स्थगित गर्न तीनबुँदे निर्देशन दिएका थिए ।गत पुस २९ गते विश्वविद्यालयका प्राध्यापकहरु विभिन्न माग राख्दै आन्दाेलनमा छन् ।

उनीहरुले पुस २९ देखि लगाएकाे ताला अझै खुलेकाे छैन । प्राध्यापककाे मागहरुलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत ५ गतेकाे च.नं. ५८१ को पत्र मार्फत जानकारी र ३ बुँदे निर्देशन विश्वविद्यालयलाई दिएकाे थियाे । तर निर्देशनकाे पालना नगरी एकतर्फी निर्णय भएकाे भन्दै परीक्षा राेक्न तालाबन्दी गरीएकाे विद्यार्थीकाे आराेप छ । उल्लेखित मागहरु उल्लंघन गरि परीक्षा सञ्चालन गरिएमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् विश्वविद्यालय सेवा आयोग र सम्बन्धित कलेजहरु नै हुने विद्यार्थी संगठनहरुले जनाएका छ्न् ।

तपाईको प्रतिक्रिया