Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, १० चैत्र । राष्ट्रिय जनाता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपाल एकता प्रक्रियामा अघि बढेको छ ।

सुरुमा फोरमले राजपालाई चिठी पठाएर एकता गर्ने प्रस्ताव राखेको फोरम केन्द्रीय सदस्य डा. शिवजी यादवले बताउनु भयो । फोरमले अहिलेसम्म २ वटा चिठी पठाइसकेको छ भने राजपाले पहिलेको चिठीको जवाफमात्र पठाएको डा. यादलको भनाई छ ।

‘पहिलो कुरा एकता हो, एकतापछिमात्र सरकारमा रहने नरहने, भावी एजेन्डा के हुने भन्ने कुरा आउँछ,’ यादवले थप्नुभयो, ‘जे भए पनि एउटा प्रक्रिया सुरु भयो ।’ यो समाचार नेपाल समाचारपत्रमा गंगा बरालले लेखेका छन् ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया