Online Bichar
बिहिबार, मंसिर २२, २०७९ | Thursday, December 8, 2022

काठमाडौंचैत ८ चैत्र । अर्थशास्त्री प्राध्यापक डाक्टर मदन दाहालको निधन भएको छ । पेटको रोगबाट ग्रसित डाक्टर दाहालको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज (केएमसी) मा शुक्रबार निधन भएको छ । त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विषयका प्राध्यापक दाहालले देशको आर्थिक विकासका क्षेत्रमा महत्वपूर्ण कदम चालेका थिए ।

स्वर्गीय दाहालसँग सार्वजनिक वित्त तथा करका विषय धेरै जानकारी थियो । उनीसँग नेपाल सरकार अर्थमन्त्रालयले पनि आर्थिक विकासका विषयमा नियमित सल्लाह लिने गरेको थियो । स्वर्गीय दाहालले एसियाली विकास बैंकका लागि अन्तर्राष्ट्रिय परामर्शदाताका रुपमा पनि काम गरेका थिए ।

मेघा बैंकका पहिलो सञ्चालक समिति अध्यक्ष रहेका दाहाल आईएसएसआर (इन्टिच्युट फर इस्टाटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च)का संस्थापक निर्देशक पनि थिए । उनी नेपाल आर्थिक संघका पूर्वअध्यक्ष पनि हुन् । विभिन्न आर्थिक क्षेत्रमा काम गर्ने संस्थाको नेतृत्व गरेका दाहालले देशको आर्थिक विकासका लागि विभिन्न योजना पनि अघि सारेका थिए ।

तपाईको प्रतिक्रिया
--> -->