Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

 दमक नगर समितिको अध्यक्षमा आचार्य

झापा । फर्निचर तथा फर्निसिङ व्यवसायी संघ झापाले प्रेस विज्ञप्ति मार्फत स्थानीय सरकार तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । झापाको दमकमा संघमा आबद्ध व्यवसायीहरुको शनिवारको भेलामा  सो बिज्ञप्ति जारी गरिएको हो ।

बिज्ञप्तिमा व्यवसायीक हक हितको लागि संगठित हुन आह्वान गर्दै फर्निचर तथा फर्निसिङ व्यवसाय भित्रका विद्यमान समस्याहरु अबिलम्ब सामाधानका लागि राज्यको ध्यानाकर्षण गरिएको छ । संघका जिल्ला अध्यक्ष टेक बहादुर खजुम द्वारा हस्ताक्षरित बिज्ञप्तिमा जिल्ला संघ झापाको चौथो साधारण सभा आगामि माघ २० गते सम्पन्न हुने समेत जनाइएको छ ।

झापाबाट नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका केन्द्रीय प्रतिनिध राजकुमार दहालले झापामा एक हजारको संख्यामा यो व्यवसायमा आवद्ध व्यवसायी छन् भने १५ हजार भन्दा बढीलाई झापामा प्रत्यक्ष रोजगार दिलाएको सो कार्यक्रममा बताए । उनका अनुसार झापामा फर्निचरका लागि आवस्यक कच्चा पदार्थको ठूलो अभाव छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
राजकुमार दहाल

यी उद्योगहरुको दिगो विकासका लागि सामुदायिक बन उपभोक्ता समिति मार्फत प्रक्रिया पुर्याएर काठहरु सरल तथा सहज तरिकाले उद्यागीलाई उपलब्ध गराइनु पर्ने, नम्बरी आवादीमा उत्पादित कुकाठहरु बिना झन्झट जिल्ला भित्र रहेका उद्योग सम्म स्थानीय तहको सिफारिसमा ओसार पसारको व्यवस्था मिलाइनु पर्ने, पुराना घरका काठहरु विगत पाँच बर्ष यता ओसार पसार बन्द रहेकाले यसको सहज रुपले स्थानीय निकायको रोहबरमा ओसार पसार गर्ने ब्यवस्था राज्यले मिलाउनु पर्ने लगाएतका समस्या सामधान गरी राज्यले राष्ट्रिय उद्योगको विकासमा व्यवहारिक नीतिनियम समेत बनाई जिम्बेवार बन्नुपर्ने केन्द्रीय प्रतिनिधि दाहालले बताए ।

दमकमा सम्पन्न सो भेलाले दमक नगर समितिमा सर्बसम्मत पुरानै समितिलाई निरन्तरता दिएको समितिका अध्यक्ष रोहित आचार्यले बताए । आचार्यका अनुुसार दमक नगरपालिका भित्र एक सय बढी व्यवसायीहरु फर्निचर तथा फर्निसिङ व्यवसायी संघ झापामा आवद्ध छन् । एघार सदस्यीय सो समितिको उपाध्यक्ष्मा अनुप दहाल सचिवमा गंगा शर्मा रहेका छन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments