Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

बिराटनगर, ८ चैत्र । बिराटनगरमा आज हुने साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारतबीचको फाइनल खेलको टिकट दर बढाएपछि सामाजिक संजालमा बिरोध साथै अहिले स्थानीय फुटबल समर्थकले नाराबाजीसहित टिकट काउन्टर नै बन्द गराएका छन् ।

विना सूचना टिकट दर बढाइएको भन्दै दर्शकहरूले नाराबाजीसहित टिकट काउन्टर बन्द गराएका हुन् ।टिकट काउन्टर ११ बजेदेखि खुल्ला गर्ने भनिएपछि अझै बन्द नै रहेको छ ।

२ सय र ३ सयको टिकटमा खेल हेर्दै आएका दर्शकले आज फाइनल खेल हेर्न रु ५ सय रुपैया खर्चनुपर्ने छ ।

तपाईको प्रतिक्रिया