Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं । बिभिन्न ११ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएमा नर्सहरुले देशभरका अस्पतालमा आज एक घण्टा काम ठप्प पारेका छन् ।

नर्सहरुको हकहितका लागि नर्सिङ संघले एक विज्ञप्ति जारी गर्दै गत बुधबारदेखि आन्दोलनमा उत्रिएका नर्सहरुले आज बिहान १० देखि ११ बजेसम्म नर्सहरुले अस्पतालको काम ठप्प बनाएका हुन् । देशभरका नर्सहरुको हकहितको लागि यो आन्दोलन आवश्यक रहेको भन्दै नेपाल नर्सीङ संघकी कार्यबाहक अध्यक्ष गंगा थापाले सरकारले आफ्नो माग सम्बोधन नगरेसम्म यो आन्दोलन जारी रहने बताइन ।

पुस २६ र २७ मा कालो पट्टि बाध्ने, पुस २८, २९, ३० मा बिहान १० देखि ११ बजे काम ठप्प पार्ने, माघ १,२, ३ मा बिहान १० देखि १ बजेसम्म र माघ ४,५,६ बिहान ८ देखि दिउसो ४ बजेसम्म कुनै पनि काम नगर्ने आन्दोलनका कार्यक्रम रहेको संघले बताएको छ ।

तपाईको प्रतिक्रिया