Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

रुपन्देही, ८ चैत्र । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा रुपन्देहीले राष्ट्रिय वाणिज्य बैंकको भवन कब्जा गरेर प्रयोग गर्दै आएको पार्टी कार्यालयलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुटवलको पाल्पारोेडस्थित ‘रातो घर’ले चिनिएको नेकपा कार्यालयमा नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैकका कर्मचारी पुगेर पार्टी कार्यालयको ताला फोरेर पार्टीको झण्डा, ब्यानर, साइनबोर्ड हटाइदिएको छ ।

सरकारले विप्लव पार्टीमाथि प्रतिबन्ध लगाएसँगै वाणिज्य बैंकले आफ्नो भवनमा ताला लगाएको छ । उक्त भवन १३ वर्षदेखि तत्कालीन माओवादीले कब्जा गरेर प्रयोग गर्दै आएको थियो । यो समाचार गोरखापत्रमा प्रकाशित छ ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया