Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, ८ चैत्र । काठमाडौंको १० स्थानमा ट्राफिक लाइट जडान गर्ने कामले तीव्रता पाएको छ । सडक विभागले १० स्थानमा ट्राफिक लाइट जडानको काम अगाडि बढाएको हो ।

सडक विभागले बागबजार, पद्यमदोय मोड, सिंहदरवार, तीनकुने (तीन ठाउँ), कालिमाटी (दुई ठाउँ), पुरानोवानेश्वर, गौशला, मित्रपार्कमा ट्राफिक लाइट जडानको काम अगाडि बढाएको हो ।

९७ लाख लगानीमा दस स्थानमा ट्राफिक लाइट जडानको काम अगाडि बढेको सडक विभागले बताएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया