Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, ६ चैत्र । काठमाडाैं उपत्यकाका विभिन्न स्थानहरूमा होली पर्वको अवसरमा जबर्जस्ती रंग दल्न खोज्ने, लोला हान्ने, पानी छ्याप्ने र अवाञ्छित गतिविधिमा संलग्न ८४ जना पक्राउ परेका छन् ।
काठमाडौंका विभिन्न स्थानबाट १ महिला र ४४ पुरुष गरी ४५ जना, ललितरपुरबाट ३५ जना पुरूष र भक्तपुरबाट ४ जना पुरूषलाई प्रहरीले पक्राउ गरिएको हो । यस्तै, महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको प्रहरीले ५ सय १५ मोटरसाइकल र ४ वटा गाडी नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले १७ वटा मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । महानगरीय ट्राफिक महाशाखाले प्रहरीले होली पर्वमा हुने दुर्घटनालाई मध्यनजर गर्दै उपत्यकाका ७७ स्थानमा विशेष जाँच गर्न सुरू गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ७७ स्थानमा विशेष जाँचको व्यवस्था मिलाएको हो ।

तपाईको प्रतिक्रिया