Online Bichar
बिहिबार, मंसिर ११, २०८३ | Thursday, November 26, 2026

सन्जिब बगाले

काठमाडौं, ६ चैत । उपत्यकामा बुधबार ट्राफिक प्रहरीले १५ वटा सरकारी गाडीसहित २९७ वटा सवारी नियन्त्रणमा लिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबार दिँउसो १२ बजेसम्ममा उक्त संख्यामा सवारी कारबाहीमा परेका हुन्।

ट्राफिक प्रहरी प्रवक्ता जयराम सापकोटाका अनुसार अहिलेम्म सरकारी गाडी १५, मापसे १४, लापरबाही तरिकाले सवारी चलाउने १५, कागजपत्र नभएको १८६, हेलमेट नलगाएको १७, तीन जना सवार २३ र अन्य २७ गरी कुल २९७ सवारी कारबाहीमा परेका छन्।

आज राजधानीमा ट्राफिक प्रहरीले सुरक्षा जाँच कडा पारेको छ। अधिकांश चोक, सडक तथा गल्लीहरूमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको छ।

उपत्यकाका ७७ स्थानमा चेकिङ प्वाइन्ट र १५ वटा मोबाइल भ्यानहरूले गस्ती गरिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments