Online Bichar
शनिबार, भाद्र ०६, २०८३ | Saturday, August 22, 2026

काठमाडौं, ६ चैत । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गरिबी अन्त्य गर्नका लागि गरिबी निवारण सम्बन्धी सम्पूर्ण कार्यक्रम एकीकृत रूपमा सञ्चालन गर्नुपर्ने बताएकी छिन्।

सरकारले अहिले गरिब पहिचान गर्ने कार्यमा लागिरहेको बताउँदै गरिब पहिचान भइसकेपछि उनीहरूलाई कसरी धनी बनाउने भनेर निश्चित कार्यक्रम सञ्चालन गर्ने मन्त्री अर्यालले बताइन्। ‘गरिबी निवारणका सबै कार्यक्रमहरूबीच समन्वयको आवश्यकता छ,’ उनले भनिन्, ‘एकीकृत, प्रभावकारी र परिणाममुखी बनाउन आवश्यक छ।’

गरिब पहिचान गरिसकेपछि सरकारले गरिबी निवारण कसरी गर्ने भनेर सातवटै प्रदेशमा कार्यक्रम बनाउने मन्त्री अर्यालले बताइन्।

अमेरिकामा अध्ययन गरेर नेपाल फर्किएका विद्यार्थीले स्थापना गरेको नेपाल युएस अलम्नाई नेटवर्क (नुसाल)ले मंगलबार आयोजना गरेको महिला उद्यमशीलता विषयमा आयोजना गरेको कार्यक्रममा मन्त्री अर्यालले यस्तो धारणा राखेकी हुन्। ‘मुलुकको विकासमा ठूलो बाधक गरिबी र बेरोजगारी हो,’ अर्यालले भनिन्, ‘यसलार्य जित्ने ठूलो चुनौती छ।’

गरिबी अन्त्य गर्नका निम्ति उद्यमशीलता प्रमुख आधार भएको उनले बताइन्। ‘सहकारीमार्फत सबैलाई उत्पादनसँग जोडेर बेरोजगारलाई काम दिने कार्यमा लाग्नु पर्छ,’ अर्यालले भनिन्, ‘सबै मान्छेलाई उत्पादनसँग जोडेर जानुपर्छ।’ सहकारीमार्फत सामूहिक रूपमा कहाँ के उत्पादन र आवश्यकता छ भनेर विचार गर्नुपर्ने उनले बताइन्।

‘सम्भाव्यता अध्ययन गरेर मात्रै उत्पादनमा लाग्यौं भने हामी सफल हुन्छौं,’ उनले भनिन्। मन्त्री अर्यालले महिलालाई उद्यमी बनाउन आग्रह गरिन्। सुखी नेपाली समृद्ध नेपालको लक्ष्य लिएर अगाडि बढेको भन्दै मन्त्री अर्यालले सरकार र निजी क्षेत्र एकीकृत भएर काम गर्नुपर्ने बताइन्। कार्यक्रमस्थलमा महिला उद्यमीहरूले उत्पादन गरेको उत्पादनहरूको प्रदर्शनी गरिएको थियो।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments