झापा, १२ मंसिर २०८३ । बिर्तामोड नगरपालिका-१ अधुवा खोलाको छेउमा रहेको झरना होटल एण्ड लजबाट एक युवतीसहित तीनजना पक्राउ परेका छन् ।
होटलमा गैरकानुनी गतिबिधि भइरहेको भन्ने सूचनाको आधारमा गएराति १०:४५ बजे इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी निरीक्षक हिमाल शमसेर राईको टोली खटिएको थियो । चेकजाँच गर्दा होटल सञ्चालकसहित तीनजना शंकास्पद अबस्थामा फेला परेका थिए ।
पक्राउ पर्नेहरुमा होटल संचालक बिर्तामोड –२ बस्ने बर्ष ३५ का खगेन्द्र खडका, इलाम फाकफोकथुम गाउँपालिका –१ बस्ने बर्ष २३ का सुजन थापा र भारत खर्साङ बस्ने बर्ष २२ की प्रास्ना क्षेत्री रहेका छन् । उनीहरुलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । बिर्तामोडका होटल तथा लजहरुमा यौन व्यवसाय हुँदै आएको छ ।
झापा, १२ मंसिर २०८३ । बिर्तामोड नगरपालिका १ अधुवा खोलाको छेउमा रहेको झरना होटल एण्ड लजबाट एक युवतीसहित तीनजना पक्राउ परेका छन् । होटलमा गैरकानुनी गतिबिधि भइरहेको भन्ने सूचनाको आधारमा गएराति १०:४५ बजे इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी निरीक्षक हिमाल शमसेर राईको टोली खटिएको थियो । चेकजाँच गर्दा होटल सञ्चालकसहित तीनजना शंकास्पद अबस्थामा फेला परेका थिए ।