Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडाैं, ४ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली सरकारका महत्वपूर्ण निकायहरु आफूमातहत राखेर शक्ति सञ्चयतर्फ लागेका छन् । राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, महान्यायाधिवक्तााको कार्यालयलगायतका १८ वटा निकाय प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएर आफूलाई शक्तिशाली प्रधानमन्त्री सावित गर्न उनी लागि परेका हुन् ।

सोही अनुसार प्रधानमन्त्री ओलीले पछिल्लो पटक आफै अध्यक्ष रहेका राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य, र अधिकारसम्बन्धी विधेयकमार्फत सेना परिचालनको अधिकार पनि आफैमा राख्नगरी मस्यौदा तयार गरी संसद्मा दर्ता गराएका छन् । सो विधेयकको दफा ६ मा नेपाली सेनाको उपयोग र परिचालनसम्बन्धी व्यवस्थामा प्रधानमन्त्रीले सीधै सेना परिचालन गर्न सक्ने प्रावधान उल्लेख गरिएको छ । यो समाचार टपेन्द्र कार्कीदले नागरिकमा लेखेका छन् ।

तपाईको प्रतिक्रिया