Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

कालिकोट, ५ चैत्र । कालिकोटका स्थानीय तहले आफूअनुकु ल आधारभूत तहको परीक्षा लिने थालेका छन् । जिल्लाका नौँ वटा स्थानीय तहमध्ये केहीले शैक्षिक सत्र सकिनु एक महिना अगाडि नै परीक्षा लिएका छनु् । केहीले भने शैक्षिक सत्रको अन्त्यमा परीक्षा लिएका छन् । संघीयताको कार्यन्वयनसँगै आधारभूत तहको परीक्षाको जिम्मा स्थानीय तहमा हस्तान्तरण भएको छ ।

जिल्लाका महावै, शुभकालिका गाउँपालिका, खाँडचक्र नगरपालिका र रास्कोट नगरपालिकाले शैक्षिक सत्र सकिनु एक महिनाअगाडि नै परीक्षा लिएका छन् । सान्नीत्रिवेणी, पचालझरना, पताला र नरहरिनाथ, गाउँपालिकाले शैक्षिक सत्रको अन्त्यमा परीक्षा लिन थालेका छन् । यो समाचार रमेश रावलले नयाँ पत्रिकामा लेखेका छन् ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया