Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरादह, ४ चैत्र । गौरादह ७ स्थित ग्वालडुब्बामा दुर्घटना न्यूनीकरण सम्बन्धि सचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ ।

अस्थायी ट्राफिक प्रहरी पोष्ट गौरीगंजको आयोजना तथा ग्वालडुब्बा युवा समूहको व्यवस्थापनमा आयोजना गरिएको सवारी पार्कीङ्ग व्यवस्थापन गरि सडकको भिडभाडलाई व्यवस्थापन गर्न हामी सबैको दायीत्व रहेको ग्वालडुब्बा युवा समूहको अध्यक्ष भोला चक्रवर्तीले बताए ।

गौरीगंज ट्राफीक प्रहरी प्रमुख गोकुल आचार्यले कार्यक्रमको सहजिकरण गर्दै दुर्घटना न्यूनीकरण गरि जनधनको क्षति कम गर्न सवारी चालकहरु सचेत हुनुपर्ने बताएका थिए ।

विशेषगरि पार्कीङ्ग स्थलमा सवारी पार्कीङ्ग गर्न सडकमा जहाँपायो त्यहीं पार्कीङ्ग नगर्न, सवारी साधनलाई तिव्र गतिमा नचलाउन, राति सवारी साधन चलाउँदा दुवैतिर बाट गाडी आएमा बक्ती मधुरो बनाउन, ट्राफीक नियमको पालना गर्न, जेब्रा क्रसिङ्ग भएको स्थानमा बिस्तारै सवारी साधन चलाउन, चालकले अनिवार्य रुपमा तोकिएको पोशाक र हल्का सवारी साधनका चालकहरुले सिट बेल्ट अनिवार्य रुपमा लगाउन मोटर साइकल चालकले हेलमेट र जुक्ता अनिवार्य रुपमा लगाउन आग्रह गरेका थिए ।

दुर्घटनाको पिडा स्वंय चालक र सवारी गर्ने व्यक्तिलाई हुने र आर्थिक रुपमा व्यभार थपिने भएकाले त्यसबाट बच्न सवारी चालक सवारी चलाउँदा जहिल्यै पनि चनाखो हुनुपर्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया