Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौं, ४ चैत्र । आज (सोमबार) देशको केही स्थानमा आंशिक बदली हुनुका साथै पहाडी भूभागका थोरै स्थानहरुमा क्षणिक मेघ गर्जन सहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पूर्वी भूभाग र पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै आज राति देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू(भागमा आंशिक बदली रहने तथा देशको पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको जनाइएको छ ।

त्यस्तै भोलि मंगलबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहने जनाइएको छ। देशको पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

भोलि राति देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आउँदो बुधबार दिउँसो देशका धेरै जसो भूभागमा आंशिक देखि सामान्य बदली रहने र देशको पश्चिमी पहाडी क्षेत्र तथा मध्य तथा पूर्वी क्षेत्रको पहाडी भेगका थोरै स्थानहरुमामा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको जनाइएको छ । त्यसैगरी, राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया