Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

अनिल श्रेष्ठ
विराटनर, ४ चैत्र । मोरङ रङ्गेली घर भई हाल विराटनगरमा बस्दै आएका अनुपचन्द अग्रवालको नेपाली र भारतीय दुबै देशको नागरिकता लिएको पाइएको हो ।
अग्रवालले फारबिसगंजको अररिया जिल्लाबाट भारतीय पहिचानपत्र (नागरिकता) र मोरङको रङ्गेली नगरपालिका – ७ स्थायी ठेगाना देखाई नेपाली नागरिकता लिएको खुलेको छ । अग्रवालले दोहोरा नागरिकता लिएको भन्दै नागरिकता खारेज गर्न माग राख्दै जिल्ला प्रशान कार्यालय मोरङमा उजुरी परेको छ ।
२१ फागुनमा जिप्रका मोरङमा अग्रवालको महाविरप्रसादको जेठा छोरा अनुपचन्दले भारतमा र नेपालमा नागरिकता लिएकोले अनुसन्धान गरि नागरिकता खारेज र आवश्यक कारवाही गर्न प्रशासनमा उजुरी परेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय मोरङबाट गाउँगाउँमा खटिएको बेला अग्रवालले नागरिकता लिएको बुझिइएको छ । नागरिकता वितरण टोलीले नागरिकता नं. १०९९ उल्लेख भएको नागरिकता अग्रवाललाई प्रदान गरेको थियो । उनी नेपाल र भारत दुवै नागरिकताबाट जग्गा खरिद बिक्रीको कारोबार र अवैध मानिएको मिटर ब्याजमा लगानी गर्ने गरेको स्रोतको दाबी छ ।
भारतको बिहार राज्य अररिया जिल्लाबाट अग्रवाले भारतीय निर्वाचनको फारबिजगंन्जको भिस्कोमन जोट कारिया मतदान कन्द्रको क्रम संख्या नम्बर १३८५ को निर्वाचन परिचयपत्र समेतको लिएको उजुरी पत्रमा उल्लेख छ । जिल्ला प्रशान कार्यालय मोरङका साहयक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले दोहोरा नागरिकता विषयमा प्रशानमा उजुरी आइरहेको बताए । ‘अहिले दोहोरा नागरिकता लिएको विषयमा उजुरी परिरहेको छ,’ उनले भने, ‘हामीले अनुसन्धान गर्दै आएका छौं । सनाखत गर्ने व्यक्ति, सर्जिवन गर्ने व्यक्तिसँग पनि बुझने काम भइरहेको छ ।’ अनुसन्धानपछि झुटो विवरण पेश गरि नागरिकता बनाएको व्यक्ति रहेछन भने प्रमुख जिल्ला अधिकारीले खारेज हुने उनले बताए ।
यता अनुपचन्द अग्रवालले भने आफुले वर्षौदेखि नेपालमा बसोबास गर्दै आएकोले नेपालको मात्र नागरिकता रहेको दाबी गरे ।

दोहोरा नागरिकता खारेज गर्न ८५ उजुरी
जिल्ला प्रशासन कार्यालय मोरङमा चालु आर्थिक वर्षसम्म ८५ वटा झुडा विवरण पेश गरि किर्ते तरिकाले दोहोरा नागरिकता लिएको भन्दै खारेजी माग गर्दै उजुरी परेको छ । जिप्रकामा परेको उजुरीमाथि छानविन गर्दै आएको कार्यालयले जनाएको छ ।
कार्यालयमा आएको उजुरीमध्ये कतिपय अदालततिर जाने खालका छन् भने कतिपय जिल्ला प्रशासनमार्फत अन्तिम टुंगो लगाउन सकिने खालका रहेको मोरङ प्रशाननको सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । उजुरी परेको मध्ये छानविन पछि अदालतमा केही मुद्दा बिचारधिनमा समेत रहेको बताइएको छ । कतिपय उजुरी रिसइबी साँध्ने जस्ता देखिएको जिल्ला प्रशासन कार्यालयको भनाइ छ । कार्यालयमा आएको ८५ वटा उजुरी विगत १७ वर्ष यताको रहेको सायक प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । चालु आर्थिक वर्षमा तीन जनाको गैर नागरिकले पाएको नागरिकता खारेज गर्न गृह मन्त्रालयमा सिफारिस गरेको कार्यालयले जनाएको छ । गैर नागरिकलाई नागरिकता दिएको पुष्टि भएपछि खारेज मन्त्रालयले गर्दछ ।

नागरिकता वितरणमा कडाई
पछिल्लो समय झुटा कागजपत्रहरू पेश गरि नागरिकता सिफारिस लिने गरेको खुलसा भएपछि बितरण प्रणालिमा जिल्ला प्रशासन कार्यालयले कडाई गरेको छ । विराटनगर महानगरपालिका १ मा दलालको प्रभावमा परेर जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा गैर नागरिकलाई नागरिकताको सिफारिस गरि नागरिकता दिलाएको खुलसा भएपछि कडाई गरिएको बताइएको छ ।
विराटनगर महानगरपालिकाले पनि सर्जिमन गर्दा होस् वा सिफारिस गर्दा पनि गम्भीर भएर गर्न सबै वडा कार्यालयलाई निर्देशन दिएको छ । ‘वडा सदस्य तथा वडा अध्यक्षलाई प्रभावमा पारेर प्रक्रियागत कागत मिलाएर भारतीय नागरिकले नागरिकता लिने अवस्था आएपनि चनाखो हुनुपर्ने बाध्यता आएको छ,’ महानगरपालिकाका प्रवक्ता राजेन्द्र प्रधानले भने, ‘नागरिकताको सिफारिसमा चनाखो हुन जरुरी छ । ’ केही समय अगाडी विराटनगरमा वडा अध्यक्षकै सिफारिसमा गैर नागरिकले नागरिकता पाएपछि जिल्ला प्रशासन कार्यालय पनि नागरिकता वितरणमा संवेदनशील भएको जनाएको छ ।
नागरिकता छिटो र सुलभ ढंगले दिनुपर्ने बाध्यता जिल्ला प्रशासन कार्यालयलाई भए पनि छिटो सेवा प्रवाह गर्ने नाममा भूलचुक हुनु नहुने गरि शंकास्पद कागजात पेश भएको भए स्थानीय तहका जनप्रतिनिधिको सिफारिस तथा सर्जिमिन मुचुल्कालाई पनि अनुसन्धान गर्ने गरी कर्मचारीलाई जिम्मेवार बन्न निर्देशन गरेका मोरङ प्रशासन कार्यालयले जनाएको छ ।
ब्लास्टखबर

तपाईको प्रतिक्रिया