Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, ४ चैत । १३ दिनयता नर्भिक अस्पतालमा उपचाररत पूर्व मुमा बडामहारानी रत्न शाह सोमबार डिस्चार्ज भएकी छिन् ।

रत्न डिस्चार्ज हुँदा पूर्व युवराज पारस शाह हजुरआमालाई रिसिभ गर्न अस्पताल पुगेका थिए । यस्तै राजपरिवारका अन्य सदस्य पनि रत्नलाई रिसिभ गर्न अस्पताल पुगेका थिए ।

रत्न अस्पतालमा रहँदा उनको हेरचाहका लागि पूर्वरानी कोमल शाह आफैं खटिएकी थिइन् । रत्नकै हेरचाहका लागि उनी पूर्वराजा ज्ञानेन्द्रको मधेस भ्रमणमा समेत सहभागि भइनन् ।

डिस्चार्ज भएपछि रत्न र कोमलले उपचारको क्रममा संलग्न चिकित्सक, कर्मचारी, व्यवस्थापन एवम् सरोकारवालाका साथै स्वास्थ्य लामको कामना गर्ने सबै शुभेच्छुकप्रति धन्यवाद ज्ञापन गरेको पूर्वराजा ज्ञानेन्द्र शाहका प्रेस संयोजक फणि पाठकले जानकारी दिए ।

रुघा, खोकी लगायतले ग्रस्त भई पातलो दिशा हुने र पिसाब कम हुने समस्या देखिएपछि ९१ वर्षीय रत्नलाई फागुन २१ गते अस्पताल भर्ना गरिएको थियो ।

उनको डा खगेन्द्रबहादुर श्रेष्ठ, डा मृगेन्द्रराज पाण्डे, डा मधु घिमिरे र डा ब्रजेन्द्र श्रीबास्तवको प्रत्यक्ष रेख देखमा उपचार गरिएको थियो ।

तपाईको प्रतिक्रिया