Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौँ, ४ चैत्र । त्रिभुवन विमानस्थल कार्यालयले बन्द भइसकेका एयरलाइन्स, संस्था, सरकारी निकाय तथा व्यापारीबाट करिब साढे २ अर्ब ४७ करोड ९३ लाख असुल्न बाँकी रहेको विमानस्थलले जनाएको छ । यो रकम गत पुस मसान्तसम्मको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन् ।

विमानस्थलको कर्पोरेट महाशाखाका उपप्रबन्धक हेमप्रसाद दाहालका अनुसार आन्तिरिक र अन्तर्राष्ट्रिय टर्मिनलभित्र तथा बाहिर गरी ४२ व्यापारिक संस्था तथा ठेकेदार कम्पनीले पसललगायत व्यापारिक प्रयोजनका लागि स्थान भाडामा लिएका छन् । यीमध्ये २० वटाले काठमाडौँ र पाटन उच्च अदालतमा मुद्दा दायर गर्दै अन्तिरिम आदेशको लाभ उठाउँदै आइरहेका छन् ।

सम्झौता अवधि सकिए पनि उनीहरुले १० वर्षदेखि व्यापार गर्दै आइरहेका छन् ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया