Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौँ, ४ चैत्र । सरकारले प्रतिबन्ध लगाएको विद्रोही नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई राज्यविरुद्ध अपराध मुद्दामा कारबाही सुरु भएको छ । यस्तो मुद्दामा आजीवन कैद सजाय हुन सक्छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

शुक्रबार पक्राउ परेका सो पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की (जीवन्त)लाई राज्यविरुद्ध अपराध कसुर मुद्दामा कारबाही अघि बढाइएको छ ।

गत भदौदेखि लागू भएको फौजदारी अपराज संहिता ऐनमा राज्यविरुद्धको अपराध कसुरमा आजीवन कैद सजाय हुन सक्ने प्रावधान छ । नेपालको कानुनअनुसार आजीवन कैद सजाय भने २५ वर्षसम्म कैद सजाय हुनेछ ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया