Online Bichar
बिहिबार, आश्विन १७, २०८१ | Thursday, October 3, 2024

काठमाडौँ, ४ चैत्र । चिनियाँ जेआइइसी र पप्पु कन्स्ट्रक्सनले संयुक्त रुपमा बनाएको टेकु–कालिमाटी जोड्ने पुल निर्माण भएको नौ महिनासम्म सञ्चालनमा आएको छैन ।

२० करोडको सम्झौतामा ठेकेदारले १३ करोड लगिसके, पुलमा रंगरोगन पनि गरिसके तर भार थाम्दैन भन्दै सरकारले बन्द राखेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन् ।

६० मिटर लामो पुलको बीचको ३० मिटर खण्ड अड्याउन १५० एमएम रेडियसको १५ वटा लठ्ठा दुवैतर्फ तान्नुपर्ने ठेक्का सम्झौता भए पनि मापदण्डविपरित ५ एमएम कम रेडियस भएको लठ्ठा हालेको भेटिएको छ ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया