Online Bichar
मंगलबार, कार्तिक १८, २०८३ | Tuesday, November 3, 2026

काठमाडौं, १७ कार्तिक २०८३ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस गरेको छ । नेपालसहित ९७ जना प्रतिवादीविरुद्ध मंगलबार (कात्तिक १७) पाँच सय पृष्ठको अभियोगपत्र पेस भएको हो ।

सार्वजनिक जग्गा छुट दर्ता गराएर भ्रष्टाचार गरेको आरोप नेपालविरुद्ध लगाएको छ । अभियोगपत्रमा अहिले रुजु भइरहेको छ । सार्वजनिक जग्गा छुट दर्तामा भ्रष्टाचार भएको दाबी अख्तियारले गरेको छ । अदालत स्रोतका अनुसार, मुद्दा दर्ता प्रक्रियामा रहेको छ ।

विराटनगर आसपासको सार्वजनिक जग्गा छुट दर्तामा भ्रष्टाचार भएको दाबी गरिएको छ । नेपालको मात्र ७३ करोड ४९ लाख विगो दाबी गरिएको छ ।

२०६६ मंसिर १६ को मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार रिजाल क्यानिङ एन्ड कम्पनी प्रालिले छुट पाएको जग्गामा हानिनोक्सानी भएको दाबी अख्तियारको छ ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको साँगास्थित पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टामा हिनामिना भएको दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो । २०८२ जेठ २२ गते उक्त मुद्दा दर्ता भएको थियो ।

उक्त मुद्दामा हदबन्दीभन्दा बढी रहेको ३१४ रोपनी १५ आना दुई पैसा एक दाम जग्गा बेच्दा भ्रष्टाचार भएको दाबी अख्तियारको छ । नेपालविरुद्ध मात्रै १८ करोड ५८ लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।

तपाईको प्रतिक्रिया