Online Bichar
सोमबार, कार्तिक १७, २०८३ | Monday, November 2, 2026

काठमाडौं, १६ कार्तिक २०८३ । साताको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक ३२.६५ अंकले घटेर २६५७.५० विन्दुमा अडिएको छ।

३४३ वटा स्क्रिप्सको १ करोड ९८ लाख २२ हजार ३९२ कित्तासेयर ७ अर्ब १८ करोड ३७ लाख १३ हजार ४७ रुपैयाँमा खरिदबिक्री भए।

यसदिन बेनी हाइड्रोपावर प्रोजेक्टको सेयर सर्वाधिक १३.५८ प्रतिशतले बढ्यो। मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर ८.७७ प्रतिशतले वृद्धि हुँदा मन्दाकिनी हाइड्रोपावरको ५.४७ र एनआईसी एसिया बैंकको ३.०२ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो हाइड्रोले ३७ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो। ग्लोबल आईएमई बैंकले २९ करोडको सेयर कारोबार गर्दा कुमारी बैंकले २७ करोड,लुम्बिनी विकास बैंकले २३ करोड र मकर जितुमाया सुरी हाइड्रोपावरको २० करोडको कारोबार भयो।

कारोबारमा आएकामध्ये २१ वटा स्टक्सको मूल्य बढ्दा २५२ वटाको घट्यो। बाँकी ६ वटा स्टक्सको मूल्य स्थिर रह्यो। आज १३ वटै समूहको उपसूचक नकारात्मक देखिएका छन्।

तपाईको प्रतिक्रिया