Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, ३ चैत । प्रेस चौतारी र फोनिज झापाले नेपाल पत्रकार महासंघ झापा शाखामा माघ २९ गते लगाएको ताला आजबाट खुलेको छ ।
पत्रकार महासंघ झापा शाखाको नेतृत्वसँग आज भएको सहमति पछि ताला खुलेको हो ।

चौतारी, युनियन र फोनजको २०७५ सालको सदस्यता नवीकरणमा क्रियाशीलताको प्रमाण माग्न नहुने मागमा महासंघको नेतृत्वले सहमति जनाएको छ । २०७६ सालमा सदस्यता नवीकरणमा भने विधान, केन्द्रीय तथा प्रदेस समितिको नीति र निर्देशन अनुसार नवीकरण गर्ने सहमति भएको छ ।

महासंघ झापाले शुद्धिकरण गर्ने उद्देश्यले सदस्यता नवीकरणमा विधान, सदस्यता नवीकरण निर्देशिका, केन्द्रीय समिति, प्रदेस समितिको निर्णय अनुसार क्रियाशीलताको प्रमाण मागेको थिायो । त्यस विरुद्ध प्रेस युनियनले ध्यानाकर्षण पत्र बुझाएको थियो भने चौतारी र फोनिजले तालाबन्दी गरेका थिए ।

तपाईको प्रतिक्रिया