Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, ३ चैत । देशभर एक अन्तर्राष्ट्रियसहित ४९ वटा विमानस्थल भएता पनि १९ विमानस्थलले नियमित जहाज देख्न पाउँदैनन्। जहाज नआउने कतिपय विमानस्थल घाँसे मैदानमा परिणत भइसकेका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार देशभरका ४९ विमानस्थल मध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट अन्तर्राष्ट्रिय उडान हुन्छ। बाँकी आन्तरिक उडानका लागि हो। तीमध्ये ३० विमानस्थल मात्रै नियमित सञ्चालनमा छन्। तीपनि सबै पूर्ण सञ्चालनमा छैनन्। विराटनगर, पोखरा, नेपालगन्ज र गौतमबुद्ध(भैरहवा) चार विमानस्थलबाट क्षेत्रीय उडान पनि हुन्छन्। पोखरा र गौतमबुद्ध विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नतिगर्न पूर्वाधार निर्माण भइरहेको छ।

निर्माण सम्पन्नभएका देशभरका१९ विमानस्थलमा नियमित जहाज जाँदैनन्। १९ मध्ये केही विमानस्थलमा चाटर्ड उडान भने हुने गरेका छन्। आन्तरिकतर्फ सातवटा विमानस्थलनिर्माण हुँदैछन्। यी विमानस्थल निर्माण सम्पन्न भएपछि देशभर विमानस्थलको संख्या ५६ पुग्नेक्यानका सूचनाअधिकारी तथा उपनिर्देशक त्रिलोचन पौड्यालले जानकारी दिए।

अहिले भइरहेका १९ विमानस्थल सञ्चालनमानआउँदातीविमानस्थल घाँसे मैदानमा परिणत भएका छन्। कतिपयविमानस्थलमा परीक्षण उडान समेत गरिएको छैन। परिक्षण उडान भएर केही समय उडान भएका कतिपय विमानस्थल समेतमाअहिले उडान हुँदैन। गोरखाको पालुङटारमा २०१६ सालमा विमानस्थल सञ्चालनमा ल्याइएको थियो। ४० वर्षयता यो विमानस्थल बन्द छ।

एउटा विमानस्थल निर्माण गर्दा सामान्यतया ४५ करोडदेखि ५० करोडसम्म खर्च हुन्छ। यसरी करोडौं खर्च गरेर निर्माण गरिएको विमानस्थल सञ्चालन नहुँदा एकतिर राज्यको लगानी डुबिरहेको छ भने अर्कोतिर स्थानीय हवाई सेवाबाट वञ्चित छन्। दुर्गम क्षेत्रमा रहेका बैतडी, बझाङ, दार्चुला, डोटी, महेन्द्रनगर लगायत जिल्लाका विमानस्थल पनि बन्द छन्। बझाङसदरमुकामको देवलविमानस्थल ११ वर्षदेखि बन्द छ। डोटीको दिपायलविमानस्थल १५ वर्षदेखि अलपत्र अवस्थामा छ। जिरी विमानस्थल,मनाङको हुम्डे विमानस्थल, मेघौली, लाङटाङ र रोल्पा विमानस्थल पनि बन्दअवस्थामा छन्।

खोटाङमा तीनवटा विमानस्थल छन्। तीमध्ये थामखर्कस्तरोन्नति गरेर हालै सञ्चालनमाल्याइएको छ। लामीडाँडा विमानस्थल कालोपत्रेको क्रममा छ। दिक्तेलको मनमाया राई विमानस्थल बन्दअवस्थामा छ। ओखलढुंगाको रुम्जाटार विमानस्थलपनिबन्द छ। यसमा नियमित उडान नभएपनि चार्टड उडान हुने गरेको छ। बन्दअवस्थामा रहेका कतिपय अन्य विमानस्थलमा नियमित उडान नभएपनि चार्टर्ड उडान हुने गरेको सूचनाअधिकारी पौड्यालले दिए।

उनका अनुसार १९ विमानस्थल सञ्चालनगर्न नसक्नु क्यानको कमजोरी होइन। ‘हामी सबै विमानस्थल सञ्चालनमा ल्याउन चाहन्छौं,’ उनले भने, ‘पर्याप्तयात्रु नहुँदातीविमानस्थल सञ्चालनमाल्याउननसकेकाहौं।’ निजी वायुसेवा कम्पनी नाफाको लागि खुलेका हुन्छन्।

यात्रु नपाउँदा घाटा खाएर ती कम्पनीले उडान नगरेको कारणले गर्दा विमानस्थलबन्दभएकोउनले बताए। यद्यपि, कतिपय विमानस्थलमा सरकारी नेपाल वायुसेवा निगमका जहाज उड्ने गरेका छन्। निगमका जहाजले पनि सातामा एक दुई उडान राख्दा समेत यात्रु नभएको उनले बताए। पछिल्लो समयबागलुङको बलेवा विमानस्थल सञ्चालनमा आएको थियो। स्थानीय तहले यात्रु नभएको खण्डमा घाटा बेहोर्ने सम्झौता गरेपछि उडान हुनथाले पनि यात्रु नपाएरअहिले उक्त विमानस्थलमा नियमित उडान छैन।

प्राधिकरणका अनुसार पहिला सडक सञ्जालनपुगेकाले विमानस्थलको प्रयोग बढी गरिन्थ्यो। अहिले विमान स्थलभएका अधिकांश ठाउँमा सडक सञ्जालपुगेकाले हवाईभन्दा सडक सस्तो हुने भएकाकारण वायुसेवाले यात्रु नपाएर विमानस्थल सञ्चालननभएको प्राधिकरणका भनाइछ। निर्माण भइसकेका विमानस्थल सम्भवभए सम्म सञ्चालनमा ल्याउन प्राधिकरण लागिपरेको छ।

प्राधिकरणले आवश्यक ठाउँमा विमानस्थल निर्माण कार्य पनि जारी राखेको छ। हाल अर्घाखाँची, गुल्मी, इलाम, कालीकोट, ओखलढुंगा, लमजुङ लगायत सात ठाउँमा विमानस्थलनिर्माण गरिरहेको छ। त्यसैगरी, आवश्यक ठाउँमा थपविमानस्थल निर्माणको लागिअध्ययनभइरहेको प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए। नागरिक

तपाईको प्रतिक्रिया