Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरादह, ३ चैत । झापाको गौरादहमा महिला उद्यम सचेतना तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

जागरुक महिला समूह गौरादह र गौरादह जागरुक युवा समूहको संयुक्त आयोजनामा सम्पन्न सचेतना कार्यक्रममा सामाजिक अगुवा ४० जना व्यक्तिहरु सहभागी रहेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधिहरु सहभागी भएका थिए ।

उपभोक्ता हित संरक्षण मञ्च गौरादहको सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो । जागरुक महिला समूहमा आबद्ध महिलाहरुले उत्पादन गरेका सामग्रीहरु लाई प्रर्दशन गर्नुका साथै त्यसका लागि सल्लाह, सुझाव, परामर्श तथा बजार व्यवस्थापनमा सहयोग पु¥याउन कार्यक्रम आयोजना गरिएको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष दिलिप भण्डारीले जानकारी गराए ।

समूहमा आबद्ध महिलाहरुले प्रर्दशनका लागि जुत्ता, चप्पल, ब्याग, टाई, एप्रोन, पर्स, सर्ट पेन, सल, पिरा, डाला लगायतका सामग्रीहरु राखेका थिए । त्यसअवसरमा गौरादह क्षेत्रमा रहेर घरमै बसेर उद्यमको काम गर्ने ६ जना पुराना व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

यसरी सम्मानीत हुनेहरुमा वृख बहादुर विश्वकर्मा, कुल बहादुर बस्नेत, लक्ष्मी प्रसाद घिमिरे, लिलामाया धमला, नरबहादुर कार्की र हरीमाया लोहनी रहेका छन् । कार्यक्रम जागरुक महिला समूहकी अध्यक्ष गंगा कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया