Online Bichar
शुक्रबार, कार्तिक १४, २०८३ | Friday, October 30, 2026

झापा, १२ कार्तिक २०८३ । झापाको दमकमा बसको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । हिजो साँझ ४:४५ बजे दमक नगरपालिका वडा नं ५ बजाज शोरुम अगाडी पूर्वपश्चिम राजमार्गमा लेटाङबाट दमकतर्फ आउँदै गरेको प्र १–०२–०५३ प ७४३९ नम्बरको १५० सीसीको मोटरसाइकललाई प्र १–०१–००१ ख ४२९२ नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक पाँचथर मेमेङ गाउँपालिका ९ घर भई हाल मोरङ लेटाङ ८ बस्ने वर्ष अन्दाजी ५४ का मंगलप्रसाद साउदेन घाइते भएका थिए ।

छातीमा चोट लागेर बाहिरी चोट नदेखिएका घाइते साउदेनलाई निम्स अस्पताल दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि साँझ ५ः१० बजे बिराटनगर रेफर गरिएको थियो । घाइतेका आफन्तले बिराट टिचिङ अस्पताल बिराटनगरमा लगि उपचार गराउने क्रममा साँझ ६स५५ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको छ । बस चालक मेचीनगर –७ बस्ने बर्ष ४६ का देबीप्रसाद ओली बसमा यात्रुहरु रहेकाले गन्तव्यतर्फ गएका छन् । गाडीको कागजपत्र ट्राफिक प्रहरीको नियन्त्रणमा रहेको छ ।

तपाईको प्रतिक्रिया