Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, ३ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि अमेरिका प्रस्थान गर्ने उनको निजी सचिवालयले औपचारिक रुपमा जानकारी गराएको छ ।

उनको फेसबुक पेज मार्फत जनाइएअनुसार प्रचण्ड, उनका स्वकीय सचिव तथा छोरी गंगा दाहालसहितको टोली आज साँझ ५ बजे इत्तिहाद एयरवेज मार्फत अमेरिका प्रस्थान गर्ने जनाइएको छ ।

अमेरिकाको जोन हकिङ्स अस्पतालमा श्रीमती सीता दाहालको प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी(पीएसपी)को उपचार हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया