झापा, १० असोज २०८३ । झापाको गौरीगञ्जमा खागोले चिलेर एकै परिवारका तीन जना घाइते भएका छन् । सोमबार दिउँसो ४ बजे गौरीगंज गाउँपालिका– २ बाहुन टोल बस्ने ७३ वर्षीय कमल पौडेल, उनकी श्रीमती ४८ वर्षीया मनकुमारी पौडेल र छोरी १५ वर्षीया रिया पौडेललाई घर छेउको खेतमा घाँस काट्ने क्रममा खागोले चिलेको हो ।
घाइते तीन जनालाई उपचारको लागि आम्दा अस्पताल दमक लगिएको छ । कमल पौडेलको अवस्था बोल्न नसक्ने गम्भीर रहेको छ भने मनकुमारी र रिया पौडेलको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।






