झापा, १० कार्तिक २०८३ । दशैँको अवधिमा झापामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार गत असोज २५ देखि कात्तिक ९ गतेसम्म जिल्लाभर भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको हो । त्यस्तै १४७ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जना गम्भीर र १३८ जना सामान्य छन् ।
दशैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा भने १२४ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार देशभर भएका सवारी दुर्घटनामा १२४ जनाको मृत्यु भएको छ भने दुई हजार ९८८ जना घाइते भएका छन्। केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले गत असोज २५ देखि कात्तिक ८ गतेसम्म भएका एक हजार ३३९ सवारी दुर्घटनामा ८३ पुरुष, ३९ महिला, सात बालक र पाँच बालिकाको मृत्यु भएको जानकारी दिए ।
दुई हजार ९८८ जना घाइते भएका छन् । घाइतेमध्ये ४३७ जना गम्भीर र दुई हजार ५५१ जना सामान्य घाइते भएका छन्। उक्त अवधिमा सबैभन्दा बढी दुर्घटना कोशी प्रदेशमा ३९७ वटा भएका छन् भने सबैभन्दा कम मधेश प्रदेशमा ८० वटा दुर्घटना भएका छन्।






