Online Bichar
मंगलबार, आश्विन २७, २०८३ | Tuesday, October 13, 2026

काठमाडौं, २७ असोज २०८३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केही पदको मतगणना भइरहेको छ ।

हालसम्म सहमहामन्त्री खुलातर्फ ६ हजार ६४९ मतगणना गरिएको छ । सहमहामन्त्री खुलातर्फ दुई पदका निम्ति नौ उमेदवार प्रतिस्पर्धामा छन् ।

नौमध्ये यति बेलासम्म रामहरि खतिवडाले दुई हजार ७८८ मत ल्याएका छन् । मतगणनामा उनी सुरुदेखि नै अगाडि छन् । दुई हजार ०७२ मतसहित अजयबाबु शिवाकोटी दोस्रो स्थानमा छन् ।

कुल सात हजार ३१७ मध्ये सात हजार ३९ महाधिवेशन प्रतिनिधिले मतदान गरेका थिए । शुक्रबार ९असोज २३० मतदान सम्पन्न भएको थियो ।

पछिल्लो मत परिणाम हेर्नोस्–
१. रामहरि खतिवडा – २,७८८
२. अजयबाबु शिवाकोटी – २,०७२
३. डिल्लीराम सुवेदी – १,७५९
४. देवेन्द्रराज कँडेल – १,२९९
५. राजीव ढुंगाना – १,१८२
६. विकास कोइराला – १,०८८
७. अमृतकुमार अर्याल – ९७९
८. रमेशप्रसाद धमला – ७८१
९. विमलराज क्षेत्री – २७५

 

तपाईको प्रतिक्रिया