Online Bichar
आइतबार, जेठ १४, २०८० | Sunday, May 28, 2023

काठमाडौँ, ३ चैत्र । नेपाल वायुसेवा निगमले ‘वाई१२–ई’ जहाज उडाउन निजी दुई वायुसेवा कम्पनीमा कार्यरत व्यक्तिलाई नियुक्त गरेको छ ।

निजी क्षेत्रको मकालु एअरमा अध्यक्ष र सीता एअरको प्रशिक्षक पाइलट रहेका फिजुनाथ नेपालीलाई निगमले पाइलट नियुक्त गरेको हो । यो समाचार आजको नागरिक दैनिकमा खिलक बुढाथोकीले लेखेका छन् ।

निगमका अनुसार नेपालीसँगै केबी लिम्बुलाई पनि नियुक्त गरिएको छ । ‘दुवै पाइलट एक महिनाअघि नियुक्त गरिएको हो ।’ निगमका कार्यकारी अध्यक्ष मदन खरेलले भने । निगममा नियुक्ति पाएका व्यक्ति अहिले मकालु र सीता एअरमा काम गरिरहेका छन् ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया