Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, पुस २८ , नेकपा एमालेका अध्यक्ष केपी ओलीले थाइलेण्ड प्रस्थान गर्नु अघि आफ्नो स्वस्थ्य कमजोर नभएको बताए तर पनि उनी नियमित उपचारको क्रममा यतिबेला बैंककमा छन् । यस्तै पूर्व युवराज्ञी हिमानी शाह, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा ‘रअ’का प्रमुख अनिल धमसान पनि बैंककमा नै छन् ।

स्रोतका अनुसार त्यहाँ विभिन्न पक्षीय गम्भीर वार्ता भइरहेको छ । भारतीय मात्र होइन चिनियाँ पक्षसमेत बैंककमा रहेको स्रोत बताउँछ ।

स्रोतका अनुसार यसपटकको बैंकक यात्रामा ओलीले विभिन्न राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय पक्षसँग विभिन्न ‘जेन्टलम्यान एग्रिमेन्ट’ गर्दैछन ।

पूर्वराजा ज्ञानेन्द्र शाह भारत गएर उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गर्नु, त्यहाँबाट नरेन्द्र मोदीले आफ्ना दूत मंगलबार बैंकक पठाउनु यसलाई विशेष रुपमा हेरिएको छ ।

मध्यपश्चिम र सुदूरपश्चिमको भ्रमणलाई त्यागेर हिमानी मंगलबार नै बैंकक जानु र पार्टी एकतापछि मात्र स्वास्थ्योपचारमा जाने बताएका ओली बुधबार बैंकक जानुले झनै गम्भीर षड्यन्त्र हुन सक्ने स्रोतले बताएको छ । शिखर न्युजबाट

तपाईको प्रतिक्रिया