Online Bichar
बिहिबार, आश्विन २२, २०८३ | Thursday, October 8, 2026

पोखरा, २२ असोज २०८३ । पोखरा महानगरपालिका–१८, अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु भएको छ ।

अधेरीकुनास्थित एक घरको जग खन्ने क्रममा करिब ७ फिट गहिरो खाल्डोमा काम गरिरहेका दुईजना माटोको ढिस्को खसेर पुरिएका थिए ।

माटोमा पुरिएर घाइते भएका पर्वतको महाशिला गाउँपालिका–६ फलामखानीका २९ वर्षीय विक्रम सुनारलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा साँझ ५:०४ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी गोरखाको पालुङटार नगरपालिका–७ का ३७ वर्षीय राजु कुमाललाई पनि उद्धार गरी मणिपाल शिक्षण अस्पताल लगिएको थियो । अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा साँझ साढे ६ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

 

तपाईको प्रतिक्रिया