Online Bichar
बिहिबार, आश्विन २२, २०८३ | Thursday, October 8, 2026

झापा, २२ असोज २०८३ । बीएण्डसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ ।

पार्टीले आयोगबाट विधिवत् रूपमा दर्ताको प्रमाणपत्र प्राप्त गरेको जनाएको छ । पार्टीका अनुसार यसको औपचारिक घोषणा कार्यक्रम आगामी ७ मंसिरमा झापाको दमकमा आयोजना हुनेछ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम नागरिक बचाउ दल, नेपाल नामक राजनीतिक दलको नाम परिवर्तन भई नेपाल पथ दल नामक राजनीतिक दल कायम रहने गरी प्रमाणपत्र दिइएको निर्वाचन आयोगले जनाएको छ ।

सो पार्टीले सम्पूर्ण राजनीतिक दल, राष्ट्रवादी धारमा विश्वास राख्ने नेपाली, उद्योगी–व्यवसायी, श्रमिक, युवा तथा आम नागरिकलाई देश र जनताको हितमा एकताबद्ध भएर अघि बढ्न आग्रह गरेको छ ।

 

तपाईको प्रतिक्रिया