Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरादह, १ चैत्र ।  झापको गौरादह न.पा. २ स्थित अमर आधारभुत विद्यालय का दुईजना शिक्षकको बिदाई गरिएको छ । विद्यालयमा कार्यरत शिक्षक मुक्तिनाथ न्यौपाने र गोपीनाथ धमला उमेरहदका कारण अनिवार्य अवकास भएपछि बिदाई गरिएको हो । २०४३ सालबाट शिक्षण सेवामा प्रवेश गरेका न्यौपानेले ३२ वर्ष शिक्षण सेवा गरेका छन् ।

२०४० सालबाट शिक्षण सेवामा प्रवेश गरेका धमलाले ३७ वर्ष शिक्षण सेवा गरेका छन् । दुवै जना शिक्षकलाई आज एक कार्यक्रमका बिच सम्मान पत्र तथा उपहार सहित बिदाई गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द बहादुर खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा गौरादह नगरपालिका नगर शिक्षा अधिकृत टेकनाथ रेग्मी प्रमुख अतिथि रहेका थिए ।

त्यसअवसरमा शिक्षक महासंघ जिल्ला अध्यक्ष बुद्धिमान कार्की, नगर अध्यक्ष बाबुराम भण्डारी र गौरादह बहुमुखी क्याम्पस संस्थापक क्याम्पस प्रमुख भोजराज दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । विद्यालयका प्रधानाध्यापक चिन्तामणी काफ्लेले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए भने शिक्षक गंगा कार्कीले कार्यक्रम संचालन गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया