Online Bichar
बुधबार, बैशाख ०५, २०८१ | Wednesday, April 17, 2024

भूमिराज पराजुली

दमक, १ चैत । झापाको गौरादह नगरपालिकामा रहेको गौरादहको पोखरीका लागी प्रदेश सरकारले एउटै कामका लागी तिन शिर्षकमा एक÷एक करोड गरि तिन करोड रुपैँया बिनियोजन गरेको छ । आन्तरीक मामीला तथा कानुन मन्त्री हिक्मत कार्कीको गृह नगर तथा निर्वाचन क्षेत्र समेत रहेकोले प्रदेश सरकारले एउटै कामका लागी तिन वटा शिर्षक छुट्याएर रकम बिनियोजन गरेको हुन सक्ने स्थानीयहरुको भनाई छ ।

चालु आर्थीक वर्षमै पोखरी व्यवस्थापन, गौरादह ऐतीहासीक पोखरी संरक्षण, गौरादह ऐतीहासीक पर्यटकीय पोखरीको पूर्वाधार निर्माणमा एक /एक करोड रुपैँया बिनियोजन भएको गौरादह नगरपालिकाका वडा नं १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले बताए । यसरी रकम आएपछि अव पोखरीको व्यवस्थापन र संरक्षण गर्न सहज हुने उनको भनाई छ । गौरादहको गौरवको रुपमा समेत रहेको यो पोखरीको जती संरक्षण हुनु पर्ने थियो त्यती नभएको स्थानीयको भनाई छ ।

वडाध्यक्ष भण्डारीका अनुसार पोखरीको आसपासको जमिन अतिक्रमण गरेर घर तथा टहरा बनाएर बस्ति बसाइएको थियो । अहिले ती बस्तिको व्यवस्थापन गरि पोखरीको अतिक्रमीत जमिन फिर्ता ल्याएको छ । अव यो पोखरीलाई प्रदेशकै नमुना र पर्यटकीय क्षेत्रको रुपमा बिकास गराउने लक्ष्य राखीएको वडाध्यक्ष भण्डारी सुनाउँछन् ।

१२ बिगाह क्षेत्रफलमा फैलिएको यो पोखरी क्षेत्रमा एकै ठाउँमा ४ वटा पोखरी रहेका छन् । यो क्षेत्र पोखरी निर्माण भै रहेको मध्ये प्रदेशकै सबै भन्दा ठुलो क्षेत्र रहेको र यसको ऐतीहासीक महत्व समेत बोकेको हुँदा प्रदेश सरकारले यसलाई प्राथमिकतामा राखेर निर्माण सम्पन्न गर्नु पर्ने स्थानीयको माग रहेको छ ।

परापूर्वक कालमा गौरादहको हरेक क्षेत्रमा दर्जनौ दह रहेको र ती मद्ये सबै भन्दा ठुलो आकारमा यो दह रहेको गौरादहमा २०२० साल देखी बस्दै आएका शेर बहादुर खड्का बताउँछन् । उनका अनुसार यस क्षेत्रमा घना जंगल रहेको र जंगलको बिचमा यो पोखरी प्रकृतीक रुपमै स्थापना भएको हो । यो पोखरीमा गौरिगन्जबाट गौरि गाईहरु आएर पानी खाने आराम गर्ने भएकोले यो ठाउँको र पोखरीकै नम गौरिदह राखीएको थियो । पछि यस क्षेत्रका मुलबासी राजबंशी , सन्थालहरुले गौरिदह गौरिदह भन्दा भन्दै अपभ्रंस भएर गौरादह नाम रहेको खड्काको भनाई छ ।

फोहोर र दुर्गन्धीत बन्दै पोखरी

यसरी ऐतीहाँसीक तथा धार्मीक महत्व समेत उत्तीकै रहेको यो पोखरीको संरक्षणमा भने खासै चासो देखाइएकोा छैन । पोखरी प्रबेश गर्ने बिभिन्न बाटाहरुमा फोहोरका थुप्राहरु थुपारिएका छन् । जसका कारण पोखरी हेर्न र अवलोकन गर्न आउने जोकोहि पनि दुर्गन्धको सिकान बन्ने गरेका छन् । नाक छोप्दै पोखरी हेर्न जानु पर्ने बाध्यता रहेको स्थानीय प्रकाश बास्कोटाको अनुभव छ । घर छेउमै पोखरी छ कहिले कहि पोखरी हेर्न जाउँ भनेर पोखरी जान खोज्दा पोखरी छिरि साध्य छैन । उनले भने ‘ पोखरी पनि सबै मटेकाले पुरिएको छ । न संरक्षण भएको छ न यसको सरसफाई नै भएको छ ।’ गौरादहको गौराव सँग जोडीएको पोखरीको यस्तो अवस्था देखेर उनी सहित अन्य स्थानीय पनि आजीत भएका छन् ।

प्रदेशकै नमुना पोखरी बनाईने

प्रदेश सरकारले यो पोखरी ब्यवस्थापनलाई बिषेश प्राथमीकतामा जनाएको छ । आन्तरिक मामीला तथा कानुन मन्त्री हिकमत कार्कीका निजी सचिव कमल पौडेल का अनुसार प्रदेश सरकाले पहिलो चरणमा ३ करोड रुपैँया रकम बिनियोजन गरेको जानकारी दिए । मन्त्री ज्यूको गृह नगर समेत रहेकोले पनि यो पोखरी प्रदेश सरकारको अलिक बढि प्राथमीकतामा परेको हो ।’ उनले आगामी आर्थीक वर्षमा पनि यो पोखरीलाई बजेट छुट्याइने र प्रदेशकै नमुना पोखरी क्षेत्रको रुपमा बिकास गराउने लक्ष्य रहेको जनाए । प्रदेश स्तरमा प्राकृतीक रुपमै सिर्जना भएको पोखरी यत्तिको क्षेत्रफलमा नरहेको र यसको धार्मिक र ऐतीँसहासीक दृष्टीकोण समेत महत्वपूर्ण मानीएकोले यसको प्रबर्वधन र व्यवस्थापन गर्न आवश्यक रहेको उनको तर्क छ । ग्रामीण क्षेत्रको पर्यटकीय बिकासमा समेत मद्यत पुग्ने र यसबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हजारौले रोजगारी समेत पाउने भएकोले यो पोखरीको निर्माण सम्पन्न जतिसक्दो चाँडो हुने बताए ।

पोखरीलाई धार्मीक तथा ऐतीहाँसीक पर्यटकीय स्थल बनाउन गूरु योजना बनाइसकिएको र गूरु योजना अनुसार सम्पन्न गर्न करिव ३५ करोड रुपैँया आवश्यक पर्ने पोखरी व्यवस्थापन समितीका अध्यक्ष तथा संविधान सभा सदस्य दिपक कार्कीले बताएका छन् । गूरु योजना अन्तर्गत यो पोखरीको बिचमा एउटा पुल बनाईने छ । पुलको मुनी पोखरीबाट बिभिन्न प्रकारका वोर्टहरु सञ्चालन हुने छन् । पोखरीको बिचमा मन्दीर वा भ्यू टावर बनाईने छ । वरीपरि फूलबारी लगाएर आकर्षक पार्क बनाईने र यहाँ आउने जो कोहिले आनन्दको महसुस गराउने गरि काम गरिने अध्यक्ष कार्कीले बताए । बजेटको व्यवस्थापन समयमै भयो भने करिव ३ वर्ष भित्रमा गूरु योजना अनुसार काम सम्पन्न गरिने कार्कीको भनाई छ ।
पूर्वनेपालबाट साभार

तपाईको प्रतिक्रिया