Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, १ चैत । राहदानी विभागले सेवाको गुणस्तर र ग्राहकको चापलाई ध्यान दिदै आजबाट कार्यालय समय १ घण्टा बढाएको छ ।

विभागले कामको प्रभावकारिता बढाउन कार्यालय समय थप गरिएको जनाएको छ ।

सधैं १० बजे खुलेर ५ बजे बन्द हुने कार्यालय २०७५ चैत १ देखि ९ बजे खुल्ने र ५ बजे बन्द हुने भएको छ ।

आइतबारदेखि बिहिबार सम्म ९ बजे देखि ५ बजे सम्म चल्ने कार्यालयमा शुक्रबार भने ३ बजे सम्म काम हुनेछ । सेवा समय विस्तार भएको पहिलो दिनदेखि नै राहदानी सम्बन्धी सबै प्रकारका सेवा लिन सक्ने विभागका महानिर्देशक रामकाजी खड्काले जानकारी दिए ।

थपिएको समयले सेवाग्राहीले छिटो छरितो सेवा र गुणस्तरीय सेवा पाउने महानिर्देशक खड्काले विश्वाश ब्यक्त गरेका छन् ।

यस्तै विभागले राहदानीबाहकलाई राहदानीको प्रयोगमा सजगता अपनाउन पनि अनुरोध गरेको छ । राहदानी पट्याउने केरमेट गर्नाले अबैध हुन सक्ने भन्दै प्रयोगमा सावधानी अपनाउन अनुरोध गरेको हो । नेपाल सरकारले जिल्ला प्रशासन कार्यालयहरु,राहदानी बिभाग र विदेश स्थित कुटनैतिक नियोगहरुबाट राहदानी वितरण गर्दै आएको छ ।

रातोपाटी

तपाईको प्रतिक्रिया