Online Bichar
सोमबार, आश्विन १९, २०८३ | Monday, October 5, 2026

झापा, १७ असोज २०८३ । झापाको बिर्तामोडमा लागूऔषधको कारोबार गर्ने सिटी चालकसहित तीनजनालाई पक्राउ गरेको छ । हिजो दिउँसो ४ बजे बिर्तामोड-४ आनन्दगन्ज टोलबाट इलाका प्रहरी कार्यालय बिर्तामोड र लागूऔषध नियन्त्रण ब्यूरो शाखा काँकरभिट्टाको टोलीले प्र.१–०१–००२ ह ३२७५ नम्बरको सिटी चालक मोरङ कटहरी गाउँपालिका-७ का २२ वर्षीय निजाम मिया , सिटीमा सवार बिर्तामोड-४ आनन्दगन्ज टोल बस्ने ४१ वर्षीया सुगन्धा मण्डल र हल्दिवारी-२ पाराखोपी बस्ने ४५ वर्षीया लक्ष्मी दर्जीलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्लास्टिकसहित ९ ग्राम र प्लास्टिकबाहेक ७ ग्राम ७० मिलिग्राम ब्राउन सुगर फेला परेको छ । तीनैजनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी आबश्यक अनुसनधान तथा कार्वाही भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया