Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

काठमाडौं, १ चैत्र । सरकारले तोकेको भन्दा बढी शुल्क तिर्न नमान्ने करिब ५० विद्यार्थीलाई ललितपुरस्थित किस्ट मेडिकल कलेजले आन्तरिक परीक्षामा फेल गराएको छ । आन्तरिक परीक्षामा फेल भएका विद्यार्थी बोर्डको परीक्षाबाट बञ्चित हुन्छन् । यसबारे उजुरी परेपछि नेपाल मेडिकल काउन्सिलले अनुसन्धान गरिरहेको छ ।

पटक पटक अतिरिक्त शुल्क लिँदै आएको कलेजले १० औँ ब्याचका विद्यार्थीलाई थप ९० हजार ९७ रुपैयाँ बुझाउन गत २७ असोजसम्मको अल्टिमेटम दिएको थियो । त्यसका विरुद्ध विद्यार्थीले २४ असोजमा जिल्ला प्रशासन कार्यालय ललितपुर, नेपाल मेडिकल काउन्सिल र चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम)मा हस्ताक्षर सहित न्याय माग्दै उजुरी दिएका थिए । यो समाचार नवराज मैनालीले नयाँ पत्रिकामा लेखेका छन् ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया