Online Bichar
मंगलबार, आश्विन २०, २०८३ | Tuesday, October 6, 2026

काठमाडौं, १५ असोज २०८३ । निजामती विधेयकले २० वर्ष वा सोभन्दा बढी सेवा गरेका निजामती कर्मचारीले आजीवन मासिक निवृत्तिभरण पाउने नयाँ व्यवस्था गरेको छ ।

विधेयकअनुसार पेन्सन गणना गर्दा कुल सेवा अवधि अधिकतम ३० वर्षसम्मलाई आधार मान्ने भनिएको छ । यसरी मासिक निवृत्तिभरण रकम कुल सेवा वर्षलाई अन्तिम तलबले गुणन गरी ५० ले भाग गर्दा आउने रकमका आधारमा हिसाब गरेर निर्धारण गरिने छ ।

विधेयकले निवृत्तिभरणको न्यूनतम रकम समान पदको बहालवाला कर्मचारीको सुरू तलबको ५० प्रतिशतभन्दा कम नहुने सुनिश्चित समेत गरेको छ । तर, अधिकतम रकम भने सुरू तलब स्केलभन्दा बढी नहुने प्रावधान विधेयकले राखेको छ ।

विधेयक जस्ताकोतस्तै कार्यान्वयनमा आएमा बहालवाला कर्मचारीको सुरू तलब स्केल वृद्धि भए समान पदका सेवानिवृत्त कर्मचारीको निवृत्तिभरणमा समेत त्यसको दुईतिहाइ रकम थप हुने छ ।

तपाईको प्रतिक्रिया